काठमाडौं । गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर दशैँ गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा वेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उनकी धर्मपत्नी पुजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गरेका छन् ।
