• ट्रेण्डिङ्ग :
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन बेलायत पुगे परराष्ट्रमन्त्री

बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन बेलायत पुगे परराष्ट्रमन्त्री


  • 5.2K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन बेलायत पुगे परराष्ट्रमन्त्री

    लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।

    images

    मन्त्री डा. खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेश मन्त्रालयको टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुगेको दूतावासले जनाएको छ ।

    दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एलिजाबेथ द्वितीय

  • तेस्रो आँखा