• ट्रेण्डिङ्ग :
मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार

मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार


  • 6.1K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार

    काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको बताए । अन्य आफैं फर्किन सक्ने अवस्थामा भएका कारण ६ जनालाई मात्र ल्याइएको उनले बताए ।  
    पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

    चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । मौसम खराब भएकाले सोमबार उद्धार गर्न सकिएको थिएन ।


    तेस्रो आँखा