नयाँदिल्ली । भारतकी चर्चित अभिनेत्री नयनताराले विवाहको चार महिनापछि जुम्ल्याहा सन्तान जन्माएकी छन् । फिल्म निर्देशक विग्नेश सिवान र अभिनेत्री नयनथाराले अक्टोबर ९ मा जुम्ल्याहा बच्चा जन्माएको घोषणा गरेका छन् ।
उनले जुम्ल्याहा सन्तान जन्माएसँगै सरोगेसी कानुनमा पनि प्रश्न उठेको छ । तमिल फिल्मका निर्देशक विग्नेश सिवान र अभिनेत्री नयनताराले यही वर्षको जुन महिनामा विवाह गरेका थिए । तमिलनाडुका स्वास्थ्यमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सामाजिक सन्जालमा यसका लागि शुभकामना दिएका छन् । पत्रकारहरुले नयनताराका सन्तान जन्मेको विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री एमए सुब्रमण्यनलाई पत्रकारहरुले 'के नयनतारा र विग्नेश सिवानले विवाहको लगत्तै बच्चा जन्माएर सरोगेसी कानुनको उल्लंघन गरे ?' भनेर प्रश्न गरेका थिए । यसको जवाफमा मन्त्रीले भने, 'यो बहसको विषय हो, हामी चिकित्सा सेवा महानिर्देशनालयमार्फत यस विषयमा छानबिन गर्नेछौं ।'
यद्यपि विग्नेश-नयनथारा दम्पतीले आफ्ना जुम्ल्याहा सन्तान सरोगेसीमार्फत जन्मेका हुन् वा सामान्य तरिकामा यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् । उनीहरुले यही वर्षको जुन महिनामा विवाह गरेका थिए । -बीबीसी
