• ट्रेण्डिङ्ग :
अमेरिकी निर्वाचन : नेपाली मुलका दुई जना निर्वाचित

अमेरिकी निर्वाचन : नेपाली मुलका दुई जना निर्वाचित


  • 7.2K
    SHARES
    • कार्तिक २४, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 11.0K Views

    अमेरिकी निर्वाचन : नेपाली मुलका दुई जना निर्वाचित

    अमेरिकाको बिधायक निर्वाचनमा उमेदवार नेपाली मूलका दुई जना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरे । उनि डेमोक्रयाट पार्टीका तर्फबाट विजयी भएका हुन् । 
    कुल खसेको २० दशमलव २७ प्रतिसत अर्थात  १३ हजार ९४९ मत ल्याई उनि पहिलो निर्वाचित विधायक बनेका हुन् । 

    images

    सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए ।


    यसैगरि डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरे । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उमेदवार विजयी भए । ह्यारीले सबैभन्दा वढी मत प्राप्त गरे ।

    उता सोही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित भए ।

    यसैगरी न्यूयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलो पटक उमेदवार बनेकी नेपाली मुलकी सराहना श्रेष्ठ विजयी भईन् । छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहनाले जीतसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा जीत हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गरिन् । 


    तेस्रो आँखा