• ट्रेण्डिङ्ग :
एकल पुरुषलाई भत्ता

एकल पुरुषलाई भत्ता


  • 5.6K
    SHARES
    • मंसिर १७, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 8.6K Views

    एकल पुरुषलाई भत्ता

    सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ।  

    images

    इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। गाउँपालिकाको आव २०७९र८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ।  

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए। हेलम्बु गाउँपालिकाले एकजनालाई पाँच सय रुपैयाँ दिने व्यवस्था गरेको छ।


    तेस्रो आँखा