• ट्रेण्डिङ्ग :
पोखरा महानगरपालिका : डेढ करोडको तेल, करोडमा गाडी मर्मत

पोखरा महानगरपालिका : डेढ करोडको तेल, करोडमा गाडी मर्मत


  • 2.9K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    पोखरा महानगरपालिका : डेढ करोडको तेल, करोडमा गाडी मर्मत

    पोखरा २६ जेठ /
    पोखरा महानगरपालिकाको चालू खर्च अत्यधिक देखिएको छ । आर्थिक वर्ष २०७९/०७९ मा महानगरले इन्धनमा १ करोड ५१ लाख खर्च गरेको छ ।

    images

    सवारी साधन मर्मत भनेर ५९ लाख ७२ हजार तथा मेसिनरी तथा औजार मर्मत सम्भार र सञ्चालन खर्चमा छुट्टै ४१ लाख ४७ हजार खर्च गरेको छ । सवारी साधन तथा मेसिनरी औजार भाडामा लिएर ५ लाख ८६ हजार खर्च लेखेको छ । घरभाडामा मात्रै ७७ लाख ८३ हजार रुपैयाँ र पानी तथा बिजुलीमा ५४ लाख ५ हजार खर्च भएको छ ।

    यस्ता अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन महालेखा परीक्षकको कार्यालयले निर्देशित गरेको छ । पोखरा महानगरपालिकाले आन्तरिक आम्दानीमा पनि कडाइ गरेको छैन भने आर्थिक अनुशासन निकै फितलो देखिएको छ ।


    तेस्रो आँखा