• ट्रेण्डिङ्ग :
नेपालमा ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

नेपालमा ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय


  • 6.0K
    SHARES
    • आषाढ ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 9.2K Views

    नेपालमा ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

    काठमाडौं, ०८ असार । अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ ।

    images

    नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।

    उच्च अदालत पाटनले बिहीबार काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । जसअनुसार मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै, सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो ।

    अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो । जसअनुसार शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।


    तेस्रो आँखा