• ट्रेण्डिङ्ग :
अछामका १० वटै पालिकामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन

अछामका १० वटै पालिकामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन


  • 7.3K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    अछामका १० वटै पालिकामा कोभिडविरुद्धको  खोप अभियान सञ्चालन

    काठमाडौं, ७ पुस। अछाम जिल्लाको १० ओटै स्थानीय पालिकामा कोभिड विरुद्धको खोप अभियान सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार १० वटै स्थानीय पालिकामा मोर्डना खोप लगाइने छ। 

    images

    पहिलो चरणको उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका नागरिकलाई लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। 

    जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने छ। सोही अन्तर्गत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ। आज बुधबार जिल्लाका अन्य ८ वटा पालिकामा एक साथ खोप लगाइँदै छ। कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ।

    ११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालवालिकालाई खोप लगाउने लक्ष्य रहेकोछ।  खोप लगाइसके पछि कुनै अवान्छित घट्ना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगाना जानकारी दिए। 


    तेस्रो आँखा