• ट्रेण्डिङ्ग :
मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती

मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती


  • 3.5K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती

    काठमाडौँ, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ। 

    images

    नेपाल साहित्यमा अमुल्य योगदान पुर्याएका राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ।  उनले संस्कृत भाषामा लेखिएको रामायाणलाई नेपाली भाषामा   भावानुवाद गरेका थिए। यस्तै ‘बधुशिक्षा’  ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, उनका उत्कृष्ट कृति हुन्।  

    नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । यसै अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भनुभक्त जयन्ती मनाएकाे छ। यस अवसरमा प्रतिष्ठान परिसरमा रहेकाे भानुभक्तकाे प्रतिमामा माल्यार्पण गरिएकाे थियाे।


    तेस्रो आँखा