१ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ ।
दुईजना घाइते भएको जिल्ला अधिकारी विजयकुमार जोगदान्डेले बताए । उनका अनुसार होटल निर्माणमा खटिएका नेपाली श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरुलाई पुरिएको जनाइएको छ ।
घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दिरमा नजान आग्रह गरेको छ ।
