दंगीशरण, १० साउन । महिला एकता सामुदायिक संस्थाको आयोजना ओरेक नेपाल तथा दंगीशरण गाउँपालिका विपत शाखाको सहकार्यमा मेरो अवस्था, मेरो नेतृत्व विपदको अवस्था सम्बोधनका लागि समन्वय बैठक दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । समन्वय बैठक महिला एकता सामुदायिक संस्थाकी अध्यक्ष बिजया चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष पिमा कुमारी वली खड्काको विशिष्ट आतिथ्तामा सम्पन्न भएको हो ।
बैठकमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले बिपत व्यवस्थापन उद्दार र राहात प्रक्रियालाई ब्यवस्थित तवरले लैजान सोहि खालको संयन्त्र तयारी अवस्थामा राख्न बिपत शाखालाई निर्देशन दिए । बिपत कुनै जानकारी र सूचना दिंदै नआउने भएकाले बिपत पछिको क्षती कम गर्न सबै खालको संयन्त्र तयारी अवस्थामा राख्नु पर्ने बताए ।
बैठकको उद्देश्य तथा विषयवस्तु माथि प्रकाश पार्दै संस्थाकी कल्पना चौधरीले बिपत व्यवस्थापन समिति र स्थानीय सरोकारवालाहरु सँग समन्वय तथा सहकार्य गर्ने र नीतिगत व्यवस्थापन कार्यान्वयनको अवस्था बारे जानकारी लिन पनि विपत समन्वय बैठकको आयोजना गरिएको बताए । बैठकमा कार्यपालिक सदस्य ,वडा अध्यक्ष विभिन्न राजनैतिक दलका प्रतिनिधि कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
