• ट्रेण्डिङ्ग :
तुलसीपुरमा इन्धनको ब्यापक दुरुपयोग, सांसददेखि पत्रकारसम्मलाई वितरण 

तुलसीपुरमा इन्धनको ब्यापक दुरुपयोग, सांसददेखि पत्रकारसम्मलाई वितरण 


  • 5.9K
    SHARES
    • श्रावण १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 9.1K Views

    तुलसीपुरमा इन्धनको ब्यापक दुरुपयोग, सांसददेखि पत्रकारसम्मलाई वितरण 

    दाङ, १७ साउन / तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको पाईएको छ । उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाईएको हो । महालेखा परीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र ब्यक्ती बिशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको भन्दै सुधार गर्न भनेको छ ।

    images

    यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकार तर्फ ५ सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेश १६५ लिटर, संघसंस्थालाई ५९० लिटर, दलका भातृसंगठनलाई २३० लिटर प्रदान गरिएको छ । त्यस्तै एनजीओ, आईएनजीओलाई २०५ लिटर, सांसदलाई २०६ लिटर, ब्यक्ति बिशेषलाई ३ हजार पाँचसय ९७ लिटर प्रदान गरिएको छ ।

    उपमहानगरपालिकाले गएको आर्थिक बर्ष २०७८/७९ मा सोही बराबरको इन्धन वितरण गरेको छ । जम्मा ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाईएको हो । जसबाट उपमहानगरपालिकालाई १२ लाख बढि घाटा भएको छ । एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अबस्था छ, भने अर्को तिर यसरी फजुल खर्च बढाईरहेको छ । जसले गर्दा चालु बर्षमा पुजिगत खर्च न्यून रहेको छ । यो घनश्याम पाण्डे नगरप्रमुख हुँदाको दुरुपयोग हो ।

    365028125_952951576005485_1825831321008754695_n.jpg

    364194958_238018278612512_6072843894992240287_n.jpg


    तेस्रो आँखा