• ट्रेण्डिङ्ग :
राप्ती समाज यूकेद्वारा पूर्व सांसद शिला खड्का तथा प्रदेश सभासद अनुराग खड्का सम्मानित

राप्ती समाज यूकेद्वारा पूर्व सांसद शिला खड्का तथा प्रदेश सभासद अनुराग खड्का सम्मानित


  • 4.5K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    राप्ती समाज यूकेद्वारा पूर्व सांसद शिला खड्का तथा प्रदेश सभासद अनुराग खड्का सम्मानित

    लन्डन ३२ साउन/ राप्ती समाज यूकेले बेलायत भ्रमणका रहेका नेपालका सांसदहरुलाई सम्मान गरेको छ । मंगलबार केन्टस्थित फोक्सटोन नेपाली समाज भवनमा आयोजित कार्यक्रममा पूर्वसांसद शिला खड्का र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अनुराग खड्कालाई सम्मान गरिएको हो ।

    images

    कार्यक्रममा समाजका अध्यक्ष दिनेश खड्काले अतिथिहरुलाई स्वागत गर्दै राप्ती समाज यूकेको इतिहासबारे प्रकाश पारेका थिए । उनले आफ्नो संस्थाले नेपालको राप्ती अञ्चलका विभिन्न स्थानमा पुयाएको योगदानको पनि चर्चा गरे। पूर्व सांसद श्रीमरी शिला शर्मा खड्का र अनुराग खड्कालाई स्वागत र अभिनन्दन गर्न पाउनु समाजका लाागि ठूलो अवसर भएको उनले बताए । उनले पूर्वसांसद शिला खड्कालाई खादा लगाएर स्वागत गर्नुका साथै उपहार स्वरुप समाजको लोगो अंकित ‘मग’ उपहार दिएका थिए । समाजका सल्लाहकार एवं ट्रष्टी हिक्मतसिंह रोकाले सांसद खड्कालाई सम्मान पत्र प्रदान गरे ।

    उक्त कार्यक्रममा खामभाषी मगर यूकेका अध्यक्ष लिला पुनले दुवै अतिथिहरुलाई खादा लगाएर स्वागत गरेका थिए । समाजका सल्लाहकार चन्द्र शाहीले समय निकालेर समाजसंग भेटघाट गरेकोमा  दुवै अतिथिलाई धन्यवाद दिए । फोक्सटोन नेपाली समाजका अध्यक्ष झपिन्द्र थापाले पूर्वसांसद खड्का र लुम्बिनी प्रदेशका सांसद अनुराग खड्कालाई खादा र फूल प्रदान गरे ।

    मन्तव्यका क्रममा पूर्व सांसद श्रीमति खड्काले राप्ती समाजले बेलायत, राप्ती अञ्चल र नेपालमा गरेको कामको प्रशंसा गरिन् । उनले समाजका सदस्यहरूले निस्वार्थ रूपमा राष्ट्रलाई सहयोग गरिरहेको पनि प्रकाश पारिन् ।

    सांसद खड्काले राप्ती समाजको कामको प्रशंसा गरे । उनले मातृभूमिबाट टाढा रहेका राप्ती समाजका सदस्यहरूले यहाँ बेलायतमा बलियो समुदाय निर्माण गर्न र मातृभूमिलाई निःस्वार्थ रुपमा सहयोग गर्न काम गरिरहेको बताए । उक्त कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष झपिन्द्र थापा र सचिव गुञ्ज शाहले गरेका थिए भने  सञ्चालन उपसचिव लिला पुनले गरेका थिए ।

    अन्तमा अध्यक्ष खड्काले उपस्थित सबैलाई धन्यवाद दिए । उनले कार्यक्रम गर्न हल उपलब्ध गराउने झपिन्द्र थापालाई विशेष धन्यवाद दिएका थिए ।


    तेस्रो आँखा