काठमाडौं, १२ पुस । कैलालीमा एक किशोर एक किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिव २ सय मिटरको दुरीमा उनीहरुको शव फेला परेको हो।
कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा भेटिएकी हुन् भने, मायाराम त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
आइतबार राति भइसकेकाले दुवैको मृत्युबारे धेरै कुरा बुुझ्न नसकिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
