एजेन्सी ३ असोज/ राप्ती अञ्चलबाट अमेरिका गएका सक्रिय युवा सामाजिक अभियन्ताहरुको पहलमा राप्ती समाज अमेरिका गठन गरिएको छ । क्यालिफोर्निया बे– एरियामा रहेका नेपालीहरूको सहभागितामा आइतबार २१ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो । जस्को अध्यक्षमा दाङका सुरेश हमाल चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्ष रुकुमका बिनोद पुन र सल्यानका गोबिन्द चलाउने चयन भएका छन् । त्यस्तै महासचिवमा सल्यानका कृष्ण बुढाथोकी, सचिवमा दाङका दिपक रोका सह–सचिबमा रोल्पाका महेन्द्र घर्ती, कोषाध्यक्षमा रुकुमका नर बहादुर कुसारी र सह– कोषाध्यक्षमा दाङका बिष्णु बन्जाडे चयन भएका छन् । त्यसैगरी समाजको प्रबक्तामा दाङका भरत कुमार वली र सदस्यहरुमा कर्ण बहादुर वल , रमेश वली, शिवराज भुषाल, डम्बर बहादुर केसी, दिपेश घिताल, सन्तोष भण्डारी रहेका छन् ।
साथै समाजको सल्लाहकारहरुमा दाङका बल बहादुर केसी, कपिल डॉगी, बिर बहादुर बुढाथोकी, रुकुमका मनराज देवकोटा, दाङका बासु क्षेत्र र रुकुमका विर वली रहेका छन् । समाजले क्यालिफोर्निया राज्य र अमेरिकामा रहेका सम्पुर्ण नेपालीलाई संस्थामा जोडिन समेत आग्रह गरेको छ । अमेरिकामा गएका नेपालीहरुले भोग्नुपरेको समस्याको अन्त्य गर्न र आपसी एकताको भावनात्मक कायम गर्ने उद्देश्यले कार्यसमिति चयन गरिएको हो । अमेरिकामा समस्यामा परेका नेपालीलाई निस्वार्थ सहयोग गर्ने लक्ष्य राप्ती समाज अमेरिकाले लिएको छ ।
