• ट्रेण्डिङ्ग :
हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही

हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही


  • 3.2K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही

    काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु-याई छाड्ने गरेको पाइएको छ । गत साता ८ हजारमाथिका अग्लो हिमालमध्ये सबैभन्दा कान्छो हिमाल चीनको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा तेन्जेन लामा शेर्पा र अमेरिकी आरोही जिना मारी रुजुसिडलोको निधन भएको थियो ।

    images
    हिमाल आरोहणको अनुमतिनुसार दुवै जनालाई क्लाइमालय ट्रेकले गन्तव्यसम्म पु-याउनुपर्ने थियो तर सो ट्रेकले बिचैमा सहमति तोडेर सेभेन समिट ट्रेकलाई जिम्मा लगाएको पाइएको छ । नेपालदेखि तिब्बतका लागि हिमाल आरोहणको अनुमति क्याइमालयले मात्रै पाउँदै आएको छ । तर, क्लाइमालयले टिकट भिषा र हिमाल आरोहण अनुमति लिने र बीचमा अर्को टिमलाई जिम्मा लगाउने काम गर्ने गरेको पाइएको हो ।
    विश्वको छैटो अग्लो छोई हिमाल आरोहण गरेर फर्केपछि हिमाल आरोहीहरू तेन्जेन लामा शेर्पा र जिना मारी रुजुसिडलो बेस क्याम्पमा आइपुगे ।
    बेस क्याम्पमा आएपछि सेभेन समिटका छाङ दावा शेर्पाले जिना मारीसँग सिसापाङमा हिमाल आरोहणका लागि ३० हजार अमेरिकी डलरमा सम्झौता गरे । जबकि, सो आरोहणको जिम्मा क्लाइमालय ट्रेकले गर्नुपर्ने थियो ।
    ८ हजार मिटर अग्ला १४ वटा हिमशृंखलामध्ये सबैभन्दा कान्छो हिमालका रूपमा सिसापाङमा हिमाललाई चिनिन्छ । सिसापाङमा हिमाल ८ हजार २७ मिटर अग्लो रहेको छ ।


    तेस्रो आँखा