• ट्रेण्डिङ्ग :
इजरायलयमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने

इजरायलयमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने


  • 3.1K
    SHARES
    • आश्विन ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    इजरायलयमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने

    एजेन्सी ३० असोज/ इजरायलमा मृत्यु भएका नेपालीको शव २/३ दिनभित्र नेपाल ल्याइने भएको छ ।  पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २र३ दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै, उपलब्ध सम्पूर्ण संयन्त्र तथा माध्यमहरुको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीव्र पारिएको पनि दूतावासको भनाइ छ । 

    images

    यसैबीच आज १८ जना नेपालीहरु इजरायलबाट नेपालका लागि प्रस्थान गरेका छन् । फर्कनेहरूमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु छन् । इजरायलको तेल अविवस्थित विमानस्थलबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइस जेटको उडानबाट उनीहरुलाई पठाइएको हो । 

     उद्धार भएकाहरुलाई तेल अविवस्थित भारतीय दूतावाससँगको समन्वयमा नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको छ । दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ । 


    तेस्रो आँखा