• ट्रेण्डिङ्ग :
प्रहरी जवानले गरे गोली हानी आत्महत्या

प्रहरी जवानले गरे गोली हानी आत्महत्या


  • 4.0K
    SHARES
    • कार्तिक ८, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    प्रहरी जवानले गरे गोली हानी आत्महत्या

    इनरुवा, ८ कात्तिक । सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

    images

    मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


    रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा