• ट्रेण्डिङ्ग :
दुई देशमा आवासीय राजदूत नियुक्त

दुई देशमा आवासीय राजदूत नियुक्त


  • 6.3K
    SHARES
    • मंसिर १४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.6K Views

    दुई देशमा आवासीय राजदूत नियुक्त

    काठमाडौं १४ मंसिर/ राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ । बिहीबार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गौरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

    images

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत तामाङ र सुवेदीलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।

    Scan_20231130-1-1489x2048.jpg


    तेस्रो आँखा