टेक्सास १७ मंसिर/ गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प पीडितलाई राप्ती समाज अमेरिकार र रुकुम समाज टेक्कसासले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।
भूकम्पका कारण क्षेती व्यहोरेका परिवारका लागि केही राहत होस भन्ने उदेश्यले अमेरिका स्थित टेक्सास र क्यालिफोर्नियामा बस्ने (राप्ती समाज अमेरीका र रुकुम समाज टेक्सास) ले संयुक्त रुपमा संकलित ३१ लाख ६० हजार ८ सय ७३ रुपैया आर्थिक सहयोग गरेका हुन् । उक्त रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको राहत र पुनस्थापनाका लागि सम्बन्धित स्थानीय तहको विपद कोष खातामा जम्मा गरिएको छ ।
जसमा रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको खातामा १५ लाख ८ सय ७३ रुपैयाँ, रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा ५ लाख, रुकुम पश्चिम बाँफिकोट गाउँपालिकामा रु ४ लाख, जाजरकोट नलगाडनगरपालिकामा रु ३ लाख ८० हजार, र जाजरकोट भेरी नगरपालिकामा ३ लाख ८० हजार रुपैयाँ जम्मा गरिएको हो । साथै राप्ती समाज अमेरीका र रुकुम समाज टेक्सासले भुकम्पमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जिली व्यक्त गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
