गढवा, २८ मंसिर/ गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो।
शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र पशु चिकित्सकको टोलीले पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरेका थिए । गढवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तरगतको पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो।
वडा नम्बर १ को जुरौनी आसपासका कृषकहरुको भैसी बाख्राको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी वितरण गरिएका हो।उक्त संचालित शिविर कार्यक्रममा ८५ जना कृषक परिवारका १०२० पशुहरुको चेक जाँच र औषधी वितरण कार्य भएको पशु प्राविधिक सुनिल चौधरीले जानकारी दिए । शिविरमा एक हजार बाख्रा र २० भन्दा बढी भैसीको स्वास्थ्य चेकजाँच गरिएको प्राविधिक चौधरीले जानकारी दिए ।
शिविरमा जुका, माडे किर्ण, भिटामिन र कारामाईल, बाह्य परजिवी बिरुद्धको भ्याक्सिन लगाईएको थियो भने जुका, नाम्ले, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेमबहादुर चौधरीले जानकारी दिए ।
शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्यालगायतका विभिन्न रोगहरुको बारेमा कृषकहरु लाई जानकारी प्रदान गरिएको थियो।
शिविरमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, पशुपंक्षी शाखाका कर्मचारी, पशु प्राविधिक लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीले गरेका थिए ।
