• ट्रेण्डिङ्ग :
दाङका युवाहरु ८ महिनादेखि फिलिपिन्समा अलपत्र

दाङका युवाहरु ८ महिनादेखि फिलिपिन्समा अलपत्र


  • 4.7K
    SHARES
    • पौष ५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.3K Views

    दाङका युवाहरु ८ महिनादेखि फिलिपिन्समा अलपत्र

    तुलसीपुर ५ पुस/ दाङका तीन जना युवा फिलिपिन्स र एक जना युवा जापानमा ८ महिनादेखि अलपत्र परेका छन् । साबिक डुरुवा गाविस वडा नं. ३ हाल तुलसीपुर १४ निवासी जलान्धर डाँगीको छोरी लक्ष्मी डाँगी (पुजा) र उनका श्रीमान सन्जय गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरुबाट करिब १ करोड १७ लाख रकम लिएर युवाहरुलाई फिलिपिन्स लगेर ८ महिनादेखि अलपत्र परेको उनका आफन्तले आरोप लगाएका छन् ।

    images

    पटक पटक गरि डाँगी र गुरुङले अमेरिका पठाउँने भन्दै दाङक आशिष सुनारबाट १५ लाख, मोहन रावतबाट २१, लाख जापान गएका तुलसीपुर ५ का गोपाल खड्कालाई अमेरिका पठाउँने भन्दै ३० लाख रुपैया लगेको आज तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै उनका आफन्तले जानकारी दिए । त्यसैगरी घोराही १८ का अर्पण केसीलाई जापान पठाउँने भन्दै २५ लाख, अनिश वलीबाट १५ लाख र तुलसीपुर ९ का कमल वलीलाई अस्ट्रेलिया पठाउँने भन्दै १८ लाख रुपैयाँ लगेको उनका आफन्तले बताएका छन् । पैसा लगेर विभिन्न बहाना बनाउँदै अहिले डाँगी र गुरुङ सम्पर्क बिहीन भएको कमल रावतले जानकारी दिए ।

    तुलसीपुर ५ की खुमा वलीले आफ्नो छोरा जापानमा भएको बेला उनीहरुले अमेरिका पठाउँने भन्दै ३० लाख लगेर ८ महिनादेखि छोरा लुकेर बस्दै आएको र त्यसको खर्च घरबाट पठाउँदै आएको बताईन् । डाँगी र गुरुङले विभिन्न बहाना बनाउँदै काम हुँदै छ भनेर झुक्याएको र पछिल्लो समय विभिन्न किसिमका धम्कीहरु दिन थालेको करिस्मा केसीले बताईन् । युवकका आफन्तहरुले जसरी भएपनि अलपत्र अवस्थामा रहेका युवाहरुलाई नेपाल फर्काउनको लागि पहल गरिदिन आग्रह गरेका छन् । साहु र बैंकबाट कर्जा लिएर डाँगी र गुरुङलाई पैसा दिएको भन्दै अहिले आफन्त अलपत्रमा परेको र ८ महिनादेखि एउटा कोठाबाट बाहिर निस्कन नर्पाएको भन्दै उनीहरुको खाना बस्नको लागि पनि नेपालबाट पैसा पठाउँनु परेको उनीहरुले देखेसो पोखे । 


    तेस्रो आँखा