• ट्रेण्डिङ्ग :
उपमेयरको गाडीमा आगजनी 

उपमेयरको गाडीमा आगजनी 


  • 3.5K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    उपमेयरको गाडीमा आगजनी 

    महोत्तरी ८ पुस/ महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् । उपमेयर रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका एक जना अधिकृतले बताए ।

    images

    पार्किङ गरेको ठाउँमा उनी चढ्ने बोलेरो गाडी जलेको अवस्थामा भेटिएको हो । प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् । 

     


    तेस्रो आँखा