• ट्रेण्डिङ्ग :
यस वर्षको ज्येष्ठ नागरिक वर्ष पुरस्कार चट्याङ मास्टरलाई प्रदान गरिने

यस वर्षको ज्येष्ठ नागरिक वर्ष पुरस्कार चट्याङ मास्टरलाई प्रदान गरिने


  • 4.3K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.6K Views

    यस वर्षको ज्येष्ठ नागरिक वर्ष पुरस्कार चट्याङ मास्टरलाई प्रदान गरिने

    काठमाडौं १० पुस/ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले सुविख्यात कृष्ण मुरारी गौतमलाई विसं २०८० को ज्येष्ठ नागरिक वर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भइएको छ । 

    images

    नगद एक लाख रहेको यो पुरुषकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरिय निर्णय अनुसार  गर्न लागेको हो । 

    आगामी पुस ११ गते ज्येष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादव हस्ताक्षरित पत्रमा जनाइएको छ ।

    मुरारी नेपालका एक लेखक, कवि, हास्यव्यंग्य कलाकार र सामाजिक अभियान्ता हुन्नुहुन्छ। उहाँले बुढेसकाल अवस्थामा रहेका बूढाबूढीहरूको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गर्नुभएको छ। सो संस्था सन् २०२० मा युनेस्को किंग सेजोंग साक्षरता पुरस्कारबाट पुरस्कृत भएको थियो।


    तेस्रो आँखा