• ट्रेण्डिङ्ग :
हिमालको संरक्षणमा जोड दिनुपर्छ : काँग्रेस नेता पौडेल

हिमालको संरक्षणमा जोड दिनुपर्छ : काँग्रेस नेता पौडेल


  • 3.4K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.3K Views

    हिमालको संरक्षणमा जोड दिनुपर्छ : काँग्रेस नेता पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।

    images

    भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी भएका उनले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए।

    नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्त्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताए।

    नेता पौडेलले भने, ‘नेपालको सभ्यताको शिर नै हिमाल हो। हिमालले मानव सभ्यतालाई व्यवस्थित बनाउने ऊर्जा र योगदान पुर्‍याएको छ तर हिमाल संरक्षणमा हामीले ध्यान पुर्‍याउन सकेका छैनौँ।’


    तेस्रो आँखा