• ट्रेण्डिङ्ग :
कवि गोविन्दराज विनोदी सम्मानित

कवि गोविन्दराज विनोदी सम्मानित


  • 6.8K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 10.5K Views

    कवि गोविन्दराज विनोदी सम्मानित

    काठमाडौं । नेपाल स्रष्टा समाजको १७औं साधारण सभामा मोफसलका कवि तथा साहित्यकार गोविन्दराज विनोदी सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ कवि गोविन्दराज विनोदीलाई समर्पण गरे । सम्मानका साथ नगद राशि २१ हजार १११ रुपैयाँसमेत प्रदान गरियो । यस सम्मानका संस्थापक विधान आचार्य हुन् । 

    images

    प्रमुख अतिथि डा. सुवेदीले स्रष्टा समाजले महत्त्वपूर्ण काम गरेकोमा प्रशंसा गरे । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले संस्थाले गरेका कार्यक्रमहरूका बारेमा जानकारी दिँदै आगामी वर्षदेखि एउटा सम्मान थपिएको बताए ।

    उनले भने, “आगामी वर्षदेखि संस्थाका संरक्षक पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कँडेलका नाममा ‘रेखा–पवन स्रष्टा सम्मान’ समर्पण गरिने छ । सो सम्मानका साथ एक लाख रुपैयाँ नगद प्रदान गरिने छ ।” 

    साहित्यकार रोदनले आलोक दम्पतिका छोराछोरीहरूले उक्त सम्मानको स्थापना गरेको बताए ।

    कार्यक्रममा विधान आचार्य, ज्ञानु अधिकारी, पवन आलोक, राजेश न्यौपाने, देविका तिमिल्सिनालगायतले बोलेका थिए । 


    तेस्रो आँखा