• ट्रेण्डिङ्ग :
रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, परराष्ट्र मन्त्रालय 

रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, परराष्ट्र मन्त्रालय 


  • 4.5K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, परराष्ट्र मन्त्रालय 

    काठमाडौं १७ पुस/ रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए । ‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’ उनले भने। स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ।

    images

    स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन्।  ‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरिप्रसाद अर्यालको मृत्यु भएको र आवश्यक कागजात पठाइन लागेको जानकारी आएको थियो,’ वडाध्यक्ष राजु कुँवरले भने।  उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले जानकारी दिए। ‘अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ।

    चार दिन दुबईमा ट्रान्जिट पारेर रूस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ,’ उनले भने। अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए। अनौपचारिक माध्यमबाट यसअघि नै अर्यालको मृत्युको खबर आए पनि सरकारी संयन्त्रले अहिले त्यसको पुष्टि गरेको उनको भनाइ छ।


    तेस्रो आँखा