• ट्रेण्डिङ्ग :
मलेसियामा एक नेपालीको मृत्यु, नेपालमा बुझे आफन्तले शव

मलेसियामा एक नेपालीको मृत्यु, नेपालमा बुझे आफन्तले शव


  • 29.8K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 45.8K Views

    मलेसियामा एक नेपालीको मृत्यु, नेपालमा बुझे आफन्तले शव

    सूर्य घर्तीमगर, मलेसिया, २३ पुस । एकजना रोल्पा घर भएका नेपाली श्रमिकले मलेसियामा ज्यान गुमाएका छन् । रोल्पा नगरपालिकाको धवाङ निवासी २६ वर्षीय अनिल रोकाले ज्यान गुमाएका हुन् ।
    मृतक रोकाको शवलाई गएराति काठमाडौंमा उनका आफन्तहरुले बुझेका छन् । उनी ४ महिना पहिले मात्रै रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।

    images

    नेपालबाट चार महिना पहिले मलेसिया पुगेका रोकाले मलेसियामा TEY KEE FROZEN FOOD & TRADING SDN.BHD. कम्पनी जोहोरबारुमा काम गर्न थालेका थिए । अचानक गम्भीर बिरामी परेका रोकालाई प्राथमिक उपचारपछि HOSPITAL SULTANAH AMINAAH JOHOR BAHRU मा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हस्पिटलमा दुःखद निधन भएको थियो ।

    मृतक रोकाको शवलाई नेपाल पठाउनको लागि मलेसियास्थित नेपाली राजदूतावासले आवश्यक सबै कागजपत्रहरु तयार गरी सहयोगी भूमिका निर्वाह गरेको थियो । रोल्पाली सेवा समाज मलेसिया शाखाले कुटनीतिक नियोगसँग सरसल्लाह गरी पछिल्लो घटनाक्रमहरुमा मृतकको परिवार तथा आफन्तजनहरुसँग सञ्चार समन्वयको भूमिका निर्वाह गरेको थियो । 

    मृतकको शव मलेसियाबाट ७ जनवरी २०२४ को बेलुकी ८ बजेको उडानबाट पठाइएको थियो । नेपाली समयअनुसार गएराति नेपालमा आफन्तले बुझेका छन् ।

  • सम्बन्धित विषय:

  • # मलेसियामा एक नेपालीको मृत्यु

  • तेस्रो आँखा