• ट्रेण्डिङ्ग :
मगर संघ मलेसियाको जोहोर क्षेत्रीय अधिवेशन फेब्रुअरी ११ मा

मगर संघ मलेसियाको जोहोर क्षेत्रीय अधिवेशन फेब्रुअरी ११ मा


  • 23.4K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 36.0K Views

    मगर संघ मलेसियाको जोहोर क्षेत्रीय अधिवेशन फेब्रुअरी ११ मा

    सूर्य घर्तीमगर

    images

    मलेसिया, २४ पुस । नेपाल मगर संघ मलेसियाले आगामी फेब्रुअरी ११ तारिखमा मगर जातिको महान चाड मकर÷माघे सकराती तथा मगरहरुको विशेष दिन ४२औं मगर दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा जोहोर क्षेत्रीय समितिको अधिवेशन कार्यक्रम गर्ने भएको छ । माघे सकराती तथा अधिवेशनको भव्य तयारी थालिएको नेपाल मगर संघ मलेसियाका केन्द्रीय सदस्य तिपेन्द्र बुढामगरले जानकारी दिए ।

    मगर समुदायको मौलिक भेषभुषा, भाषा, कला, संस्कार, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका मकर/माघे सकराती र मगर दिवस मनाउन थालिएको आयोजक संस्थाले जनाएको छ ।

    सन् २००६ मा मलेसियामा स्थापित संस्था नेपाल मगर संघ मलेसियाले विगतका बर्षमा झैं यसपालि पनि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो । सन २०२४ फेब्रुअरी ११ तारिख आइतवार Z Hotel JB मा कार्यक्रम आयोजना गरिने बताइएको छ । 

    उक्त कार्यक्रममा स्थानीय कलाकार, नेपाल मगर संघ मलेसियाका कलाकारहरु र जोहोर क्षेत्रीय समितिका कलाकारहरुको तर्फबाट मगर कला, संस्कार, संस्कृति झल्काउने खालका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरिने छन् ।

    मलेसियामा रहनुहुने सम्पुर्ण मगर तथा गैरमगर, क्रियाशील संघसंस्था, व्यापारी, बुद्धिजीवी, पत्रकार, खेलप्रेमी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइदिनको लागि सादर अनुरोध गरिएको छ । नेपाल मगर संघ जोहोर क्षेत्रीय समितिको अधिवेशन पनि हुने भएकोले साँस्कृतिक कार्यक्रमको साथमा अधिबेशनबाट चुनिएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि तय गरिएको छ ।

    नेपाल मगर संघ मलेसियाले आफ्नो जाति तथा समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्वमाझ चिनाउने र यहाँ भैपरी आएमा पीडित नेपाली श्रमिकहरुलाई आर्थिक, भौतिक सहयोग गरी उद्धार गर्ने सामाजिक सेवाका कामहरु पनि गर्दै आएको छ । उक्त कार्यक्रमलाई पेनाङ क्षेत्रीय समितिको विशेष सहयोग रहने बताइएको छ । शुभकामना आदानप्रदानको साथमा जोहोर क्षेत्रीय समितिको अधिबेशन पनि जोडिएकोले  कार्यक्रम साह्रै उत्साहजनक हुने अध्यक्ष पुश्मिता ठाडामगरले बताइन् ।

  • सम्बन्धित विषय:

  • # मगर संघ मलेसिया

  • तेस्रो आँखा