• ट्रेण्डिङ्ग :
भवनबाट खसेका रोल्पाका एक युवकको मलेसियामा मृत्यु

भवनबाट खसेका रोल्पाका एक युवकको मलेसियामा मृत्यु


  • 24.5K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 37.6K Views

    भवनबाट खसेका रोल्पाका एक युवकको मलेसियामा मृत्यु

    सूर्य घर्तीमगर

    images

    मलेसिया, २४ पुस । भवनको दुई तला माथिबाट खसेर गम्भीर अवस्थामा अस्पताल भर्ना भएका रोल्पाको रुण्टीगढी गाउँपालिका २ जौलीपोखरीका बिष्णुबहादुर बोहराको मलेसियामा मृत्यु भएको छ । करिव १५ महिना पहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएका बोहरा भवनको दुई तला माथिबाट खसेपछि उपचारार्थ अस्पताल भर्ना भएकोमा ८ जनवरीको बिहान २ बजेतिर मृत्यु भएको उनका बुवा होमबहादुर बोहराले जानकारी दिए ।

    मृतक बोहरा मलेसियास्थित DBTS Industries Sdn.Bhd. नामक कम्पनीमा काम गर्न आएका थिए । काम गर्ने क्रममा बिल्डिङको दुई तला माथिबाट लडेर गम्भीर घाइते भएका थिए । बोहरालाई TUNKU AMPUAN RAHIMAH HOSPITAL KLANG MALAYSIA मा राखेर विगत २ महिनादेखि उपचार गरिएको थियो । 

    मृतकका बुवा होमबहादुर बोहराका अनुसार विरामीको अवस्था निकै गम्भीर भएको हुँदा म्यानपावर एजेन्सी र रोजगारदाता कम्पनीको पहलमा बुवा होमबहादुर विरामी छोराको स्याहारसुसार गर्नको लागि नेपालदेखि मलेसिया आएका थिए । बोहरा दुर्घटनामा परी गम्भीर घाइते भएको खबर पाएलगत्तै रोल्पाली सेवा समाज मलेसियाले उक्त मुद्दामा नियमित फलोअप गरिरहेको थियो । रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका मगरले हस्पिटल पुगी विरामीको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै चिकित्सकको टिमसँग पनि परामर्श गरेको जानकारी रोल्पाली सेवा समाजका अध्यक्ष तेजकुमार बुढाले दिए । 

    पछिल्लो चरणमा बोहराको स्वास्थ्य अवस्था झनझन नाजुक हुँदै गएको थियो । अवस्था नाजुक हुँदै गएपछि आइसियु कक्षमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो । मृतकका बुवा होमबहादुर बोहरा ८ जनवरी २०२४ को साँझ ६ बजेको उडानबाट नेपाल फर्किएका छन् । आवश्यक कागजपत्रहरु तयार भएपछि मृतकको शवलाई छिट्टै नेपाल पठाउने जानकारी रोजगारदाता कम्पनीले दिएको छ ।

  • सम्बन्धित विषय:

  • # मलेसियामा मृत्यु

  • तेस्रो आँखा