• ट्रेण्डिङ्ग :
पाँच स्रस्टा सम्मानित

पाँच स्रस्टा सम्मानित


  • 4.5K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    पाँच स्रस्टा सम्मानित

    काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर पाँच जना स्रस्टालाई सम्मानित गरेको छ ।

    images

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकारहरू घनश्याम राजकर्णिकार, प्रा.डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ‘ज्योति साहित्य सम्मान’ र जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ‘ज्योति स्रस्टा सम्मान’ प्रदान गर्यो ।  

    कार्यक्रममा कवि तुलसी दिवसले यस्ता सम्मानले सर्जकहरूमा थप सिर्जनशील हुन उर्जा थपिने बताए । 

    सोही अवसरमा आयोजिक कविता गोष्ठीमा कविहरू शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुबिना राना मगर, जुमन किरण र सुधा मिश्रले कविता वाचन गरेका थिए । 


    तेस्रो आँखा