• ट्रेण्डिङ्ग :
जनप्रगतिशील मञ्च जापानको नवौं अधिवेशन टोक्योमा

जनप्रगतिशील मञ्च जापानको नवौं अधिवेशन टोक्योमा


  • 5.9K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 9.1K Views

    जनप्रगतिशील मञ्च जापानको नवौं अधिवेशन टोक्योमा

    मनिष खनाल

    images

    जापान, २९ पुस । जनप्रगतिशील मञ्च जापानको ९औं अधिवेशन जापानको राजधानी टोक्योमा हुने भएको छ । मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन गर्न लागिएको आयोजकले जनाएका छन् । 

    अधिवेशनको भव्य तयारी गरिएको मन्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए । ‘प्रवासी नेपालीहरुमा आपसी सद्भाब, भाइचारा र एकताको अभियान ः ज्ञान, सीप र पूँजीको लगानीसहित समृद्ध नेपालको लागि नवौं अधिवेशन’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न थालिएको हो ।

    अधिवेशनका लागि माओवादी केन्द्रका नेता ओम शर्मा र लक्ष्मण पन्तको उपस्थिति रहने बताइएको छ । पन्त माओवादी पार्टी प्रवास समन्वय समितिका सहइन्चार्ज हुन् भने शर्मा प्रवास कमिटीका अध्यक्ष हुन् ।

     

    अधिवेशनको तयारीका लागि विभिन्न विभागहरु बनाएर जिम्मा दिइएको मञ्चका महासचिव बाबुराम पौडेलले बताए ।

  • सम्बन्धित विषय:

  • # जनप्रगतिशील मञ्च जापान

  • तेस्रो आँखा