• ट्रेण्डिङ्ग :
भूकम्प प्रभावित जापानीलाई सहयोग गर्दै नेपाली (तस्वीरसहित)

भूकम्प प्रभावित जापानीलाई सहयोग गर्दै नेपाली (तस्वीरसहित)


  • 8.5K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 13.0K Views

    भूकम्प प्रभावित जापानीलाई सहयोग गर्दै नेपाली (तस्वीरसहित)

    मनिष खनाल

    images

    जापान, २९ पुस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ ।

    Bhukampa_Japan4.jpg

    नयाँ वर्षकै दिन जापानको इशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविरमध्य दुईवटा शिविरमा रहेका ७ सय २५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चारवटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।

    Bhukampa_japan2.jpg

    भूकम्पबाट अति प्रभावित क्षेत्रमध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरी ४००, त्यसैगरी शनिबार सुजुसी इदा माध्यमिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरी ३२५ जना गरी कूल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

    Bhukampa_Japan3.jpg

    भूकम्पपश्चात २ सयभन्दा बढीको ज्यान जानुका साथै सयौ सम्पर्कविहीन रहेका छन् । खानेपानीको आपूर्ति, विद्युत नियमितता, सडक सञ्चालनको नियमितता लगायत दैनिक अत्यावश्यक सामग्री तथा वस्तुको उपलब्धतामा अझै कठिनाई भोगिरहेका जापानी नागरिकहरुलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए ।

    Bhukampa_japan1.jpg

    “प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बावजुद पनि भौतिकरूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरुसँग नेपाली पनि सँगसँगै छौं भन्ने आभास दिलाउन सफल भएका छौं”, अध्यक्ष निउरेले भने, “यस्ता कार्यबाट नेपालीको सहयोगी मनप्रति जापानी नागरिकले खुशी व्यक्त गरेका छन् ।”

    Bhukampa_Japan.jpg

  • सम्बन्धित विषय:

  • # जापानीलाई सहयोग

  • तेस्रो आँखा