सूर्य घर्तीमगर
मलेसिया, ४ माघ । मलेसियामा मृत्यु भएका रुण्टीगढी गाउँपालिका वडा नं. २ जौलीपोखरीका विष्णुबहादुर बोहराको शव नेपाल आइपुगेको छ । १७ जनवरीका दिन मलेसियाबाट पठाइएको विष्णुबहादुरको शव मृतकका बुवा होमबहादुर बोहरा र उनका आफन्तले बुझेका हुन् ।
मृतक बोहरा १५ महिना पहिले वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका थिए । काम गर्ने सिलसिलामा भवनको दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका बोहरालाई अस्पताल भर्ना गरिएको थियो । कम्पनीसँगको समन्वयमा उनको रेखदेखका लागि बुवा होमबहादुर बोहरालाई पनि मलेसिया बोलाइएको थियो । उपचारकै क्रममा यही जनवरी ८ तारिखमा विष्णुबहादुरको मृत्यु भएको थियो ।
छोराको मृत्यु भएपछि बुवा होमबहादुर बोहरा कागजात बनाउन नेपाल आएका थिए । उनले कागजात पठाएपछि विष्णुबहादुरको शव नेपाल आएको हो । मृतक बोहरा मलेसियास्थित DBTS Industries Sdn.Bhd. नामक कम्पनीमा काम गर्दै आएका थिए । बोहरालाई TUNKU AMPUAN RAHIMAH HOSPITAL KLANG MALAYSIA मा २ महिनाभन्दा बढी समयसम्म उपचार गरिएको थियो ।
यो पनि पढ्नुहोस् ।
https://www.tesroaakha.com/posts/22139
