• ट्रेण्डिङ्ग :
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन जनवरी २५ मा

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन जनवरी २५ मा


  • 17.1K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 26.3K Views

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन जनवरी २५ मा

    सूर्य घर्तीमगर

    images

    मलेसिया, ९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन जनवरी २५ तारिखको लागि तय भएको छ ।

    मलेसियामा रहेका क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई आफ्नो कर्मप्रति थप हौसला प्रदान गर्न तथा मलेसियाको भ्रमणको लागि वरिष्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अध्यक्ष गजुरधन राई २२ जनवरी २०२४ मा मलेसिया पुगेका छन् । उनकै प्रमुख आतिथ्यमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया शाखाको दोस्रो अधिवेशन मलेसिया क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने भएको छ । 

    कोरोना भाइरस कोभिड १९ को महमारीको कारण स्थगित भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन यसपटक जसरी पनि सफल पार्ने कसरतमा मलेसियामा क्रियाशील आदिवासी जनजाति पत्रकारहरु लगातार कसरतमा रहेका छन् । फोनिज मलेसियाका वर्तमान अध्यक्ष दीपक सुनाखरी मलेसियाको बसाई अवधि सकाएर अहिले नेपालमा रहेका छन् । आफू नेपालमा भए पनि संस्थाप्रति धेरै माया भएको र हुन लागेको यो दोस्रो अधिवेशनको खबरले आफू खुशी भएको सुनाखरीले बताए । उनले अधिवेशनको पूर्ण सफलताको लागि शुभकामना ब्यक्त गरे ।

    Fonij3.jpg

    नेपाली पत्रकारिता जगतमा एक महत्वपूर्ण हिस्सेदार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को शाखा मलेसियाको दोस्रो अधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको अधिवेशन संयोजक अर्पण मगरले जानकारी गराए । अधिवेशन आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण कर्मशील नेपाली व्यबसायी, संघसंस्थाका प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदीबहिनीहरुलाई उक्त अधिवेशनमा उपस्थितिको लागि आव्हान गरेको छ ।