• ट्रेण्डिङ्ग :
जापानका भूकम्प प्रभावितहरुलाई नेपालीको खाना

जापानका भूकम्प प्रभावितहरुलाई नेपालीको खाना


  • 14.6K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 22.5K Views

    जापानका भूकम्प प्रभावितहरुलाई नेपालीको खाना

    मनिष खनाल

    images

    जापान, १० माघ । एनआरएनए जापानले भूकम्प प्रभावित जापानी नागरिकहरुलाई दोस्रो चरणमा खाना खुवाएको छ । प्राकृतिक विपत्तिमा परेका जापानी नागरिकहरूलाई पहिलो चरणमा खाना खुवाएको कार्यबाट प्रभावित भई त्यहाँको नानाओ सीले पुन खाना खुवाइदिन गरेको औपचारिक अनुरोधलाई स्वीकार गरी दोस्रो चरणमा मंगलबार र बुधबार जम्मा ६९० जनालाई खाना खुवाउने कार्य गरिएको छ । 

    Japan1.jpg

    मंगलबार नानाओ सिटी मिसोगी कम्युनिटी सेन्टरमा १२०, इसिजाकी विद्यालय २००, सान्नो विद्यालयमा १५०, नोतो हान्तो कम्युनिटी सेन्टरमा १०० र बुधबार मिसोगी कम्युनिटी सेन्टरमा १२० गरी जम्मा ६९० जनालाई खाना खुवाइएको जानकारी एनआरएनए जापानले जनाएको छ । 

    पहिलो चरणमा वाजीमा सी मिई कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरी ४०० जना, सुजुसी इदा माध्यमिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरी ३२५ जना गरी जम्मा ७२५ जनालाई खाना खुवाइएको थियो भने ४ वटा अस्थायी शौचालय प्रदान गरिएको थियो ।

    Japan2.jpg

    भूकम्प प्रभावित जापानी नागरिकलाई नेपालीको तर्फबाट सहयोग गर्ने उद्देश्यले एनआरएनए जापानले विपत्तिको समयमा आफ्नो कर्मभूमिको नाताले आफ्नो स्थानबाट केही भएपनि भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गरौं भन्ने ध्येयका साथ एनआरएनए जापानमार्फत सकेको सहयोग गरिएको हो । “प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बावजुद पनि भौतिकरूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरुसँग नेपाली पनि सँगसँगै छौं भन्ने आभास दिलाउन सफल भएका छौं । यस्तो कार्य गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कार्यसमिति सदस्य तथा यस कार्यक्रमका संयोजक विष्णुप्रसाद सापकोटाज्यूप्रति आभारी छौं”, एनआरएनए जापानले भनेको छ ।

    Japan3.jpg

    विपत्तिका बेला सहयोग गर्नका लागि निर्देश गर्ने एनआरएनए जापानको कार्यसमितिका साथै प्रतिकूल मौसमका बावजुद पनि भौतिकरुपमा अध्यक्ष नवीन निउरेको नेतृत्वमा सक्रिय सहभागिता जनाइएको थियो । कार्यक्रमका संयोजक विष्णुप्रसाद सापकोटा, विशेषज्ञ समितिका सदस्य विज्ञानकुमार थापा र हरि सापकोटा, एनआरएनए जापानका सदस्य दिलीप शर्मा, बागलुङ समाजका अध्यक्ष यम कँडेल, पवन थापा, रामु सापकोटा र नन्दु सापकोटाप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई आवश्यक सहयोग दिने उद्देश्यले नागानों क्षेत्रीय समन्वय समितिका संयोजक नन्दराज रेग्मीले त्यहाँको सरकारी निकायलाई निरन्तर सहयोग गर्दै आउनु भएकोमा पनि एनआरएनए जापानले धन्यवाद व्यक्त गरेको छ ।