• ट्रेण्डिङ्ग :
कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने : प्रधानमन्त्री

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने : प्रधानमन्त्री


  • 5.3K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.2K Views

    कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने : प्रधानमन्त्री

    काठमाडौं, २७ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ ।

    images

    नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभाको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवर्द्धन लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताउनुभयो ।

    आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात् नेपाल–चीनबिचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताउनुभयो ।

    प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिनुभयो । “चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।”


    तेस्रो आँखा