• ट्रेण्डिङ्ग :
साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार


  • 3.7K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

    पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार-२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् । मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । 

    images

    उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंशानीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका रूपमा समेत परिचित बरालले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

    प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा गरेको अभिनयको उनले स्मरण गरे । 

    प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाए । 

    शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह ९२०५६० प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका नजन्मेका आस्थाहरू ९२०४८० र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष ९२०६३० गरी २ कविता सङ्ग्रह, तेस्रो रङ ९कथा सङ्ग्रह, २०७०० र आधि ९उपन्यास, २०७६० प्रकाशित छन् । २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् ।


    तेस्रो आँखा