• ट्रेण्डिङ्ग :
ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व संकलन


  • 3.4K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व संकलन

    वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनामा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

    images

    ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरेको हो । 

    उक्त अवधिमा विभिन्न किसिमका १० हजार ८२० सवारीमाथि कारबाही गरी उक्त परिमाणमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । रासस


    तेस्रो आँखा