• ट्रेण्डिङ्ग :
नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु मलेसियामा, प्रथमलाई झण्डै २ लाख पुरस्कार

नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु मलेसियामा, प्रथमलाई झण्डै २ लाख पुरस्कार


  • 21.6K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 33.2K Views

    नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु मलेसियामा, प्रथमलाई झण्डै २ लाख पुरस्कार

    सूर्य घर्तीमगर

    images

    मलेसिया । सयपत्री युवाक्लव मलेसिया आलोर घाझाहले चाइनिज नयाँ वर्षको अवसरमा मलेसियाव्यापी खुल्ला भलिबल प्रतियोगिता र साथमा भाग्यशाली चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरासमेत मलेसिया पुगेका थिए । 

    सभाध्यक्ष क्लवका अध्यक्ष ज्ञाविन्द्र राई, प्रमुख अतिथि बेदप्रसाद भण्डारी, विशिष्ट अतिथि एनआरएनए मलेसियाका सचिव बिष्णु बराललगायत धेरै संघसंगठनवाट उपस्थिति भएको अतिथिहरुको माझमा कार्यक्रम शुरु भएको थियो । 

    Malesia Khel (6).jpg

    सयपत्री युवा क्लबले हरेक चाइनिज नयाँ वर्षमा आयोजना गर्ने भलिबल प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको थियो । आरएम ६ हजार (नेपाली १ लाख ७० हजार)को प्रथम पुरस्कार, १ लाख १२ हजारको दोस्रो पुरस्कार रहेको थियो । तेस्रो पुरस्कार ५६ हजार रहेको थियो । 

    Malesia Khel (5).jpg

    उक्त प्रतियोगितामा मलेसियाभरबाट अधिकतम टिमको सहभागिता रहेको थियो । ठूलो पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा चर्चित खेलाडीहरुको सभागिता रहेको थियो । अहिले नेपाली भलिबल क्षेत्रमा चर्चित नाम तथा राष्ट्रिय खेलाडीहरु हिमाल सुनारी मगर, रवि केसी, सरोज बर्देवा तथा पूर्व भलिबल राष्ट्रिय खेलाडी सुरेन्द्र बुराको प्रदर्शनले भलिवलप्रेमी दर्शकहरुको ध्यान मजाले खिचेको थियो । प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल बाचांग रेष्टुरेन्टबाट हिमाल सुनारी मगर र रवि केसीले पनि खेलेका थिए । त्यसैगरी दोस्रो स्थान जित्न सफल बीवाईसीबाट पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र बुरा, मलेसियामा चर्चित खेलाडी जीवन मगरले खेलेका थिए । तेस्रो स्थान ल्याउन सफल नेपाल भलिवल एक्स्ट्रा टिमले राष्ट्रिय खेलाडी सरोज बर्देवालाई मैदानमा उतारेको थियो ।

    Malesia Khel (4).jpg

    भलिवल प्रतियोगिताको समापन लगत्तै भाग्यशाली चिठ्ठा खोलिएको थियो । २० वटा आकर्षक पुरस्कार राशि रहेको भाग्यशाली चिठ्ठा २० जनालाई परेको थियो । प्रथम, दोस्रो र तेस्रो पुरस्कार ओप्पो स्मार्ट फोन रहेको थियो । चौथो पुरस्कार स्मार्ट वाच रहेको थियो । भाग्यशाली चिठ्ठाको प्रथम पुरस्कार एमडी आरिफ, द्वितीय पुरस्कार  रविन रिमाल, तृतीय पुरस्कार दिलबहादुर जोशी र चोथो रविनले जितेका थिए । 

    Malesia Khel (1).jpg

    कार्यक्रममा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति पनि रहेको थियो । गायक धकमणि लम्साल र कृष्ण श्रेष्ठले गीत गाएर माहोल संगीतमय बनाउनु भएको थियो । खेलाडी र अन्य दर्शक पनि छमछमी नाचेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • तेस्रो आँखा