• ट्रेण्डिङ्ग :
जनसम्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा बृहत बनभोज कार्यक्रम आयोजना हुने

जनसम्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा बृहत बनभोज कार्यक्रम आयोजना हुने


  • 8.6K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 13.2K Views

    जनसम्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा बृहत बनभोज कार्यक्रम आयोजना हुने

    क्यालिफोर्निया, अमेरिका क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली जनसम्पर्क समितिको आयोजनामा बृहत बनभोज कार्यक्रम आयोजना हुने भएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले बृहत बनभोज कार्यक्रम आयोजना गर्न लागेको हो । बनभोज कार्यक्रम आगामी मार्च महिनाको १० तारेख आईतबारका दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म 18750 Clarkdale Ave, Artesia, CA 90701 मा हुने नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले जनाएको छ । क्यालिफोर्नियाको लस एन्जलस नेपाली समुदायको आकर्षणको केन्द्र बन्दै गईरहेको छ । बनभोज कार्यक्रमको माध्यमबाट नेपाली समुदायका बीचमा सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको सम्बन्ध बिकासमा सहयोग पुगोस भनेर उक्त कार्यक्रमको आयोजन ागर्न लागिएको बनभोज कार्यक्रम मूल तयारी समितिका सँयोजक अर्जुन पौडेलले बताउनु भयो । सँयोजक पौडलका अनुसार बृहत बनभोज कार्यक्रममा बनभोजका साथै बिभिन्न खेल, बालबालिकाहरुका लागि रमाईलो कार्यक्रम सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने छन । कार्यक्रममा करिब ६ सय जना नेपाली समुदायको सहभागिता हुने अपेक्षा गरिएको छ । बिपी कोईरालाले शुरुवात गर्नुभएको मेलमिलापको नीति अहिले पनि उत्तिकै प्रभावकारी बन्दै गईरहेको छ । बन भोज कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको व्यस्त दिचर्याका बीचमा भेटघाट हुने, एकआपसमा दुःखसुख साटासाट हुने, आत्मियता बढाउन सहयोग पुग्ननेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकले जानकारी दिनु भयो । प्रबेश निःशुल्क भएकाले बृहत बनभोज कार्यक्रममा सहभागिताको लागि लस एन्जलसबासी तथा अन्य ईच्छुक नेपाली समुदायलाई अनुरोध गरिएको नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # पाली जनसम्पर्क समिती, अमेरिका

  • तेस्रो आँखा