• ट्रेण्डिङ्ग :
जाजरकोट भूकम्पको उच्च जोखिममा

जाजरकोट भूकम्पको उच्च जोखिममा


  • 8.0K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    जाजरकोट भूकम्पको उच्च जोखिममा

    जाजरकोट, ३ माघ । जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ ।  पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेको बताए ।

    images

    भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । 'सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,' कार्कीले भने ।

    २०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ । 

    प्रमुख जिल्ला अधिकारी प्रेप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए । ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ देवकोटाले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततीले भूकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए ।

    खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचारसहिंतालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताए ।

    जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # जाजरकोट

  • तेस्रो आँखा