• ट्रेण्डिङ्ग :
नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने 

नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने 


  • 4.6K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.0K Views

    नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने 

    एजेन्सी ८ फागुन/गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर  संघको वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

    images

    भलिवल प्रतियोगिता सँगैं अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिए ।

    भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहीत पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले  जानकारी दिएका छन् । साथै आयोजकले सहभागि हुन चाहने टोलीलाई दर्ता गर्न आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ ।


    तेस्रो आँखा