• ट्रेण्डिङ्ग :
जनकपुर साहित्य महोत्सव शुरु हुँदै

जनकपुर साहित्य महोत्सव शुरु हुँदै


  • 4.0K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    जनकपुर साहित्य महोत्सव शुरु हुँदै

    काठमाण्डौ १० फागुन/जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज दिउँसो उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ ।

    images

    नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत विषयमा छलफल हुनेछ।

    आयोजकका अनुसार महोत्सवमा ‘चाहियो रङ्गशाला’, ‘किताबउपर समीक्षा’, ‘कसरी हुन्छ निर्णयरु’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेस’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेसको श्रम यात्रा’ विषयमा छलफल हुनेछ । 


    तेस्रो आँखा