• ट्रेण्डिङ्ग :
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ


  • 3.9K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

    “पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ”, उनले भने, “लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ । निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।”

    पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट आज अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए । भन्सार जाँच पार गरिसकेपछि शङ्का लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ ।

    निजलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाइने प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिए ।


    तेस्रो आँखा