• ट्रेण्डिङ्ग :
प्लास्टिकजन्य फूल प्रयाेग गर्नेलाई कारबाही गर्दै काठमाण्डौ महानगर

प्लास्टिकजन्य फूल प्रयाेग गर्नेलाई कारबाही गर्दै काठमाण्डौ महानगर


  • 2.6K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    प्लास्टिकजन्य फूल प्रयाेग गर्नेलाई कारबाही गर्दै काठमाण्डौ महानगर

    काठमाण्डौ । काठमाण्डौ महानगरले प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने बताएको छ ।

    images

     

    गएको साउनदेखि काठमाण्डौ महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । अहिले पनि केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले महानगरले त्यस्ता ठाउँमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

     

    महानगरले गएको साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

     

    प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभयो ।


    तेस्रो आँखा