• ट्रेण्डिङ्ग :
नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम


  • 7.9K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

    काठमाडौं, ६ माघ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।

    images

    बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ ।

    बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहीबार राति देशभर आंशिक बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

    यस्तै, शुक्रबार दिउँसो देशभर आंशिक बदली रहने, हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उसका अनुसार राति देशभर आंशिक बदली रहने, पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

    शनिबार दिउँसो देशभर आंशिक बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

    वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # हिमपात
  • # वर्षा
  • # पश्चिमी वायु

  • तेस्रो आँखा