सुर्य घर्ति मगर मलेसिया, फेब्रुअरी २९ तारिख देखि मार्च ३ तारिख सम्म मलेसियामा आयोजित अन्तर्राष्ट्रिय ITF taekwando championship प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीहरुले १ स्वर्ण पदक, एक रजत पदक र दुइ कास्य पदक गरि जम्मा ४ पदक जितेका छन। नेपाल ITF महा संघका कोषाध्यक्ष समेत रहेका कोच बिक्रम बाठामगरको नेतृत्वमा एक जना महिला र ३ जना पुरुष गरि जम्मा ४ जना खेलाडीहरु समाहित थिए। खेलाडीहरु बिरेन्द्र कवर, कैलाश अर्याल, देवेन्द्र सुनार र सजिना तामाङले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा सजिना तामाङले
demonstration काता शो मा रजत पदक जितिन भने sparring खेल fight मा स्वर्ण पदक जितिन।
त्यसैगरी खेलाडी बिरेन्द्र कवरले दुइ कास्य पदक जिते। खेलाडी कैलाश अर्यालको खुट्टामा चोट लागेको छ खेल्ने क्रममा अर्याल घाइते भएका थिए। खेल जित्दै अगाडी बढेका खेलाडी देबेन्द्र सुनार अन्तिम राउन्डमा आउत भएका थिए। राम्रो खेल प्रदर्शन गर्दै देशको लागि पदक दिलाउने खेलाडीहरुलाइ मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले बधाई दिएका छन। खेलाडीको हौसला बढाउन र सम्मान गर्न रोल्पाली सेवा समाज मलेसियाको टिम र नेपाल मगर संघ मलेसियाका पदाधिकारीहरु रंगशालामा पुगेर खेलाडी तथा कोचहरुलाइ खादा, माला, पुस्पगुच्चा र कदरपत्रले सम्मान गरेका थिए। रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका मगर , मलेसिया शाखाका अध्यक्ष तिपेन्द्र बुढा मगर, मलेसिया शाखाका प्रमुख सल्लाहकार पुस्पकमल पुन मगर लगात धेरै
रोल्पालीहरु खेलाडीलाइ बधाई दिन, सम्मान तथा बिदाइ गर्न रंगशाला पुग्नु भएको थियो। त्यसैगरी नेपाल मगर संघ मलेसियाका पदाधिकारी छेत्रलाल बुढामगरले खेलाडी तथा खोचलाइ रंगशालामा गएर सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो। सम्मान कार्यक्रममा रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष लालकुमारी रोकाले नेपाली खेल जगतमा खेलाडीहरुले दिएको योगदान हामी प्रवासमा रहेका नेपाली श्रमिकहरुले गर्व गर्न लायकको भएको र यस प्रतियोगितामा हासिल गरेको मेडल तथा सफलताले राष्ट्रको शिर उच्च भएको र तपाइहरुको कठिन मेहनत र योगदानको सम्मान हुनुपर्छ र सरकारले दिने सेवा सुविधाहरुमा कुनै कसुर बाकी राख्नु हुदैन हामी सधै खेलाडीहरुको साथ र समर्थनमा हुनेछौं भन्ने संक्षिप्त्त भनाइ राख्नु भएको थियो। रोल्पाली सेवा समाज र मगरसंघले सम्मान गरे पछि खेलाडी र कोचहरुमा खुशीयाली छाएको थियो। प्रसन्न मुद्रामा कोच बिक्रमले संमान र कदरको लागि रोल्पाली सेवा समाज र नेपाल मगरसंघलाइ विशेष धन्यवाद दिनु भएको थियो।