• ट्रेण्डिङ्ग :
तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’


  • 3.2K
    SHARES
    • चैत्र १०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

    काठमाडौँ, १० चैत । वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

    images

    कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएवापत प्रा पुष्कर लोहनीलाई रु एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

    कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

    साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित सो  फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाई हुनुहुन्छ ।


    तेस्रो आँखा